close

८१ जना युवालाई रोजगारी दिँदै शितगंगा

८१ जना युवालाई रोजगारी दिँदै शितगंगा

Trulli
ADVERTISEMENT

अर्घाखाँची- शितगंगा नगरपालिकाले चालू आर्थिक वर्षमा ८१ जना बेरोजगार युवालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगारकार्यक्रम अन्तर्गत बेरोजगार युवालाई रोजगारी दिन लागेको हो । 

नगरपालिकाकी रोजगार शाखाकी रोजगार संयोजक नरमाया सुवेदीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवा रोजगारीमा रुपान्तरण र परिश्रमका लागि क्षम कार्यक्रमबाट रोजगारी दिनेछ । दुवै कार्यक्रमबाट ८१ जना बेरोजगार युवालाई रोजगारी दिने उनले पालिकाखबरलाई बताइन् । 

उनका अनुसार सो कार्यक्रमबाट २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रम तिहारपछि सुरु गरिने उनको भनाइ छ ।