close

आदर्शमा २० जना कर्मचारी आवश्यक

आदर्शमा २० जना कर्मचारी आवश्यक

Trulli
ADVERTISEMENT

डोेटी– आदर्श गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै २० जना कर्मचारी माग गरेको हो ।

गाउँपालिकामा कृषि स्नातक छैठौ तहमा १ जना, सूचना प्रविधि अधिकृत १ जना, कम्प्युटर अपरेटर पाँचौ तहमा १ जना, हेल्थ असिष्टेन्ट पाँचौ तहमा ३ जना, अहेव चौथो तहमा २ जना, अनमी चौथो तहमा ४ जना, नाप्रास चौथो तहमा ३ जना, पोषण स्वयंसेवक चौथो तहमा १ जना, ल्याव असिस्टेन्ट चौथो तहमा १ जना, कार्यालय सहयोगी श्रेणीबिहीनमा २ जना र स्वीपर श्रेणीबिहीन १ जना गरी २० जना कर्मचारी आवश्यक रहेको जनाइएको छ । 

योग्यता पुगेका इच्छुकले १५ दिनभित्रमा कृषि स्नातक, सूचना प्रविधि अधिकृतको लागि लागि एक हजार रुपैयाँ र अन्य पदको लागि ५०० रुपैया दसतुर र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।