close

१०० जनालाई विदेहमा रोजगारी

१०० जनालाई विदेहमा रोजगारी

Trulli
ADVERTISEMENT

धनुषा - विदेह नगरपालिकाले चालु आवमा १०० बेरोजगार युवालाई रोजगारी दिने भएको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी दिन लागेको हो । 

नगरपालिकाको रोजगार शाखाका संयोजक राकेश कुमार यादवको अनुसार अब केही दिनबाट सो कार्यक्रम सुरु हुनेछ । सोका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको उनले पालिकाखबरलाई सुनाए । कार्यक्रममा सहभागी भएका व्यक्तिलाई पालिकाले १०० दिन रोजगारी दिने उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुने स्थानीय बासिन्दालाई कृषि सडक मर्मत गर्ने, सरसफाइ गर्ने, वृक्षारोपण गर्नेलगायत विभिन्न काम गर्न लगाइने उनको भनाइ छ ।

कार्यक्रममा सहभागी भएका व्यक्तिलाई दैनिक ६६८ रुपैयाँको दरले पारिश्रमिक वितरण गर्ने उनले सुनाए । आगामी आर्थिक वर्षको लागि पनि नगरपालिकाले बेरोजगारमा सूचीमा सूचीकृत हुन अनुरोध गरेको उनले सुनाए ।