close

रोजागारीमा संलग्न हुन नौगाडद्वारा आवेदन माग

रोजागारीमा संलग्न हुन नौगाडद्वारा आवेदन माग

Trulli
ADVERTISEMENT

दार्चुला– नौगाड गाउँपालिकाले न्यूनतम रोजागारीमा संलग्न हुन आवेदन माग गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि रोजगारमा संलग्न हुन आवेदन माग गरेको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा न्यून आय भएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोगार नागरिकलाई आवेदन माग गरेको रोजगार संयोजक रबिन्द्र शाहले जानकारी दिए । चालु आर्थिक वर्ष ८०/८१ मा बेरोजगार सूचीमा दर्ता भएका ३ हजार पाँच सय बेरोजगारमध्ये ९० जनालाई रोजगार दिएको संयोजक शाहले पालिकाखबरलाई जानकारी दिए । 

रोजगारका लागि छनौट भएकाहरुले भौतिक निर्माणका कुलोकुलेसो, सडक निर्माण, घोरेटो बाटो, सिंचाई, नदिमा तटबन्दलगायतका काममा खटाइने उनको भनाइ छ । 

यही फागुन मसान्तसम्ममा वडा कार्यालयमा गएर बेरोजगार सूचीमा सूचीकृत भइसक्नु पर्ने उनले बताए । गाउँपालिकाको कार्यालय रोजगार सेवा केन्द्र वा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइडबाट निवेदनको ढाँचा हेरी आवेदन दिन सकिने संयोजक शाहले बताए ।