close

मेल्लेख गाउँपालिकाका सबै वडामा बिजुली पहुँच पुग्दै

बिजुली पहुँच पुग्दै

मेल्लेख गाउँपालिकाका सबै वडामा बिजुली पहुँच पुग्दै

बिजुली पहुँच पुग्दै

Trulli
ADVERTISEMENT

अछाम- उज्यालोबाट वञ्चित जिल्लाको मेल्लेख गाउँपालिकामा विद्युत्को राष्ट्रिय लाइन विस्तारलाई तीव्र पारिएको छ । राष्ट्रिय विद्युत् लाइन विस्तार गरेर गाउँपालिकालाई उज्यालो बनाउने अभियानसहित काम अगाडि बढि रहेको पालिका अध्यक्ष लोकबहादुर बोहराले बताएका हुन् । 

 

पालिकाका सबै वडामा राष्ट्रिय विद्युत् लाइनको पहुँच पुर्याएर गाउँलेलाई बिजुली उपभोग सहज बनाउने योजनालाई गाउँपालिकाले प्राथमिकता दिएको बोहराले जनाए ।

 

‘केही वडामा पहिले लाइनविस्तार भएपनि बिजुली थिएन । बाँकी सबै वडामा राष्ट्रिय प्रसारण लाइन जोडेपछि नियमित विद्युत् पुर्याउने गरी काम अगाडि बढेको छ’, पालिका अध्यक्ष बोहराले भने । 

अहिले मेल्लेखदेखि बिन्धवासिनी काटेगाउँसम्म राष्ट्रिय लाइन विस्तारको काम भइरहेको गाउँपालिकाले जनाएको छ । 

 

गत साउनको वर्षाले स्थानीय सरानीगाड लघुजलविद्युत् आयोजनाको कुलो भत्किएपछि बिन्धवासिनी काटेगाउँ सरानीका स्थानीय अँध्यारोमा बस्न बाध्य थिए । उक्त क्षेत्रमा विद्युत् नभएकाले पहिलो चरणमा तत्काल त्यहाँ काम सुरु गरिएको हो । 

 

आउँदो दसैंअगाडि नै बिन्धवासिनी सरानीसम्म राष्ट्रिय विद्युत् लाइन विस्तार गरिसक्ने र पालिकाको कुस्कोट, ठाटीहुँदै ऋषिदहसम्म पनि सँगसँगै लाइन विस्तार सुरु भएको अध्यक्ष बोहराले जानकारी दिए ।


विद्युत् लाइन विस्तारकालागि कर्मचारीको प्रत्यक्ष स्थलगत अनुगमनमा काम भइरहेको अछाम विद्युत् वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए ।