close

सडक बत्ती जडान भएपछि नगरवासी खुसी

सडक बत्ती जडान भएपछि नगरवासी खुसी

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित बर्दघाट नगरपालिकाले नगर उज्यालो कार्यक्रम अन्तरगत नगर क्षेत्रभित्र सार्वजनिक सडक बत्ती जडान गरेपछि टोलटोलमा उज्यालो भएको छ ।

नगरले नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र बर्दघाट शाखाको समन्वयमा टोलटोलका विद्युत पोलमा सार्वजनिक सडक बत्ती जडान गरेको हो ।

कार्यक्रम अन्तरगत ८ सय २३ वटा विद्युतका पोलमा स्वचालित बत्ती जडान गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले पालिकाखबरलाई जानकारी दिए । ‘कार्यक्रम अन्तरगत सडक बत्ती जडान गरेका छौ, नगरवासीको माग अनुसार थप गर्दै जाने छौ,’ नगर प्रमुख बस्यालले भने ।

विद्युत प्राधिकरणसँगको सहकार्य  र टोल विकास संस्थाहरुले ती सडक बत्तीको संरक्षण गर्ने गरी सडक बत्ती जडान गरिएको हो ।

नगर उज्यालो कार्यक्रम अन्तरगतको सडक बत्ती जडान कार्यले समाजमा चोरी तथा अन्य अपराध समेत न्युनीकरण हुने नगर प्रमुख बस्यालको विश्वास छ । बर्दघाट नगरपालिका गण्डकी प्रदेशबाट प्रदेश ५ जोडने पवबेशद्वार समेत मानिन्छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याका अनुसार विद्युत प्राधिकरणसँग विद्युतको पोल प्रयोग गर्ने सम्झौता गरेर प्रति बत्ती मासिक एक सय ५५ रुपैया उपभोक्ताले तिर्ने गरी बत्ती जडान गरिएको हो ।

नगरमा क्रियाशिल टोल विकास संस्थासंगको समन्वयमा ८ सय २३ वटा स्वचालित सडक बत्ती जडान गरिएको पाध्याले बताए । नगरले तीन महिनाको बत्तीको महसुल समेत भुक्तानी गरेको छ ।

तीन महिनाको बिद्युत शुल्क समेत नगरले बिद्युतलाई भुक्तानी गरेको छ ,मर्मत खर्च समेत नगरले बेहोर्छ – प्रमुख प्रशासकीय अधिकृत पाध्याले भने, ‘सडक बत्तीको रेखदेख सम्बन्धित वडा कार्यालय मार्फत टोल विकास संस्थाले गर्नेछ ।’

त्यस्तै नगरले ५० वाट क्षमताको अध्यारो भएपछि आफै बल्ने र उज्यालो हुदाँ आफै निभ्ने सडक बत्ती निशुल्क जोडेपछि वडा वडाका टोलहरु झिलिमिलि भएको स्थानीयले बताएका छन् ।

दिब्यनगर टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगीले टोलमा २९ वटा सडक बत्ती जडान भएपछि टोल नै झिलिमिली भएको जानकारी दिए । शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष सोविर पुनले सडक बत्तीले टोल झिलीमिली भएको बताए