close

महालक्ष्मीका घर सोलारले झिलिमिलि

महालक्ष्मीका घर सोलारले झिलिमिलि

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । नगरका हरेक घरलाई उज्यालो बनाउने उद्देश्यले यसै आर्थिक वर्षदेखि महालक्ष्मी नगरपालिका- ४ चानुवाका पाँच परिवारलाई हरेक घरमा चार/चारवटा बत्ती बाल्न मिल्ने २० वाटको सोलार सिस्टम वितरण गरिएको छ।

अहिले पनि गाउँगाउँका केही घरमा बत्ती छैन । बत्ती नहुँदा टुकी बालेर दैनिकी चलाउनुपर्ने स्थानीयको बाध्यता छ ।

आर्थिक अभाव र भौगोलिक विकटताका कारण बिजुली बत्ती बाल्न नपाएका विपन्न परिवारलाई लक्षित गरी नगरका हरेक घर उज्यालो बनाउने उद्देश्यले उज्यालो नगर अभियान सुरु गरी बत्तीको पहुँचमा नपुगेका चानुवाका  गोपाल छाला, कर्णबहादुर खड्का, सलबहादुर विश्वकर्मा, पुष्पराज अधिकारी र मोहन अधिकारीको परिवारलाई सोलार वितरण गरिएको हो । 

चानुवामा आयोजित कार्यक्रममा संघीय सांसद राजेन्द्र राई, प्रदेश सांसद ईन्द्रमणि पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान र महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले उनीहरूलाई सोलार सिस्टम हस्तान्तरण गरेका हुन् ।

नगरप्रमुख नेपालले भने, 'विगतमा बिजुली नहुँदा टुकी र सल्लो बालेर पढ्नुपर्ने अवस्था अब कुनै पनि नगरवासीको नहोस् ।'

चानुवाबाट सुरु गरिएको यो अभियान नगरका सबै वडामा संचालन गरिने बताइएको छ । बत्ती बाल्न नपाएका विपन्न परिवारहरूबाट निवेदन संकलन गरी त्यस्ता परिवारको पहिचान गरेर सोलार सिस्टम वितरण गर्ने नगरको योजना छ ।