close

जुम्ली नागरिक बिजुली माग्दै पञ्चैबाजासहित कुलमानको कार्यालय पुगे 

जुम्ली नागरिक बिजुली माग्दै पञ्चैबाजासहित कुलमानको कार्यालय पुगे 

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लामा बिजुली बत्ती मागसहित पञ्चैबाजाको लस्कर लिएर जुम्लाका नागरिक काठमाडौंस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय पुगेका छन् । शान्ति वाटिकादेखि प्राधिकरणको कार्यालयमा उनीहरू बिजुली माग गर्दै गएका हुन् ।

 

प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतसहितको जुम्ली जनता बिजुली माग्न प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यालय पुगेका हुन् । मंगलबार शान्ति वाटिका, रत्नपार्क क्षेत्र हुँदै विद्युत् प्राधिकरणमा पञ्चैबाजा, प्लेकार्डसहित जुम्ली नागरिकले जुलुस निकाले । 


अगाडि पञ्चैबाजाको टोली, पछाडि जुम्लाबासीको लहरले त्यहाँ खटिएका प्रहरीलाई पनि अन्योल बनाएको देखिन्थ्यो । धरपकड गरौँ बाजागाजासहित सडक रंगीन छ । नगरौ १५ मिनेट मुख्य सडकको यातायात प्रभावित भयो ।

 

प्रहरीले सकेजति छेउबाट गाडी पठाउने प्रयास गरे पनि त्यहाँ पुगेका गाडी र यात्रुसमेत जुम्लीको जुलुस हेर्न तँछाडमछाड गरिरहेका देखिन्थे । जुम्लामा विद्युत् पुगे पनि व्यवस्थापन हुन नसकेको र गाउँ–गाउँमा पु¥याइनुपर्ने ध्यानार्षणसहित राज्यलाई यसपटक फरक तरिकाले ध्यानाकर्षण गराइएको सांसद महतले बताए ।


यसका लागि कर्णालीको पञ्चैबाजा ल्याएर शान्ति वाटिकादेखि विद्युत् प्राधिकरणको ढोकाअगाडि ध्यानाकर्षण गरिएको उनको भनाइ छ । सांसद महतले तयार पारेको ज्ञापनपत्र बुझाउन विद्युत् प्राधिकरण अगाडि बाजा बजाउँदै कार्यकारी निर्देशक घिसिङलाई प्रांगणमा बोलाइयो । तर, एक घन्टासम्म तल नआएपछि ज्ञापनपत्र मूल गेटमा टाँसेर बाहिरिएको सांसद महतले जानकारी दिए ।

 

सांसद महत माथि र घिसिङ तल नआएपछि एक घन्टा खैलाबैलासमेत भयो । तल्लो तहका कर्मचारी सांसद महतलाई माथि बोलाउन पहल गरिरहेका थिए । यसमा प्रहरीले सहजीकरण गरेको थियो । सांसद महतलाई भित्र बोलाएर निर्देशक घिसिङले विद्युत् नियमितका लागि पहल गर्ने, मिटरका लागि तत्काल ठेक्का गर्ने प्रतिबद्धता जनाए ।


यस्ता छन् प्राधिकरणसँग जुम्ली जनताका माग 
जिल्लाका सम्पूर्ण बस्तीमा यथाशीघ्र विद्युत् प्रसारण लाइन विस्तार गरियोस् ।
विद्युत् प्रसारण लाइन पुगेका क्षेत्रमा चाँडोभन्दा चाँडो आवश्यक सामग्री उपलब्ध गराइयोस् ।
जिल्लाभित्र जल प्रवाह भइरहेका नदी तथा खोलामा खेर गइरहेको पानी ऊर्जा प्रयोगमा ल्याउन सम्भावित आयोजना क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, जिल्लाभित्रका सम्भाव्यता अध्ययन भएका आयोजनाको विस्तृत परियोजना प्रातिवेदन तयार गर्ने, विस्तृत परियोजना तयार भएका योजनाको यथाशीघ्र निर्माण गरियोस् ।
३३ केभी प्रसारण लाइन विस्तार निर्माणमा भएको ढिलाइ अन्त्य गरी शीघ्र कार्य सम्पादन गरियोस् ।
११ केभी लाइनमा भएको भोल्टेज उतारचढाव समस्या सामाधान गरियोस् ।
जुम्लामा भएको विद्युत् प्राधिकरण कार्यालयलाई स्रोत–साधनसम्पन्न बनाई व्यवस्थित गरियोस् ।

बुधबार सडक विभागमा कर्णाली राजमार्ग, नाग्म–गमगडी राजमार्गको विषयमा ध्यानाकर्षण गराउनसमेत ध्यानाकर्षण गराउने कार्यक्रम छ । 
लामो समयदेखि सडक स्तरवृद्धि नहुँदा नाग्म–गमगडी राजमार्गमा दुर्घटना बढ्न थालेका छन् । रारा र सिञ्जा आउने पर्यटकसमेतले सास्ती पाउने गरेका छन् ।