close

चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेमगीत ३’लाई चीनमा पनि रिलिज हुने भएको छ। हिन्दी भाषामा भारतमा प्रसारण हुने कुराले चर्चा पाएको सो चलचित्र अब चीनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएको हो।

यसको लागि बुधबार मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको निर्माण पक्षले जनाएको छ।

चलचित्रका रहेका मुख्य कलाकार प्रदीप खड्काको अभिनयसँगै चलचित्रको कथावस्तु र हिमाली दृश्यले चीनियाँ दर्शकलाई आकर्षित गर्नसक्ने आँकल गर्दै त्यहाँ रिलिजको लागि चीनियाँ चलचित्र पक्षले आग्रह गरेको निर्माताको दाबी छ।