close

महानगरलाई सफा र सुन्दर राख्न विराटनगरको अनुरोध

महानगरलाई सफा र सुन्दर राख्न विराटनगरको अनुरोध

Trulli
ADVERTISEMENT

मोरङ । विराटनगर महानगरपालिकाले  फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने खालको कार्य नगर्न अनुरोध गरेको छ । महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै महानगरवासीलाई सो अनुरोध गरेको हो । 

नगरप्रमुख नागेश कोइरालाले सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा रहेकोले सोका लागि आवश्यक साथ र सहयोग गर्न अनुृरोध गरेको बताए ।

उनका अनुसार महानगरपालिकाभित्रका फुटपाथ नियन्त्रण र सहरको सुन्दरता असर हुने गरि निर्माण भएका संरचनाहरु हटाउने अभियान सञ्चालन भइरहेको छ । अवैध संरचनाहरु हटाउँदा स्थानीय बासिन्दा र व्यापारमा सहयोग पुगेको दावी उनको छ । 

महानगरले सञ्चालनमा ल्याएको सो अभियानले फुटपाथमा हिड्ने पैदल यात्रुलाई समेत सहज भएको बताए । आफ्नो कार्यकाल सुरु भएसँगै 'सुन्दर विराटनगर' बनाउने लक्ष्य आगामी पाँच वर्षमा पुरा हुने विश्वास उनको छ ।