close

फोहोर वर्गीकरण गर्न टोलटोलमा छलफल

फोहोर वर्गीकरण गर्न टोलटोलमा छलफल

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाले फोहोरलाई वर्गीकरण गर्न छलफल गरेको छ । उपमहानगरपालिकाभित्रको फोहोरको व्यवस्थापन गर्नको लागि टोलटोलमा छलफल गरेकाे हो । 

उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालका अनुसार मंगलबार वडा नम्बर ३ को गुरुद्धारा टोल र १३ को हिमाली टोलमा छलफल भएको हो । छलफलमा घरघरबाट उत्पादन हुने फोहोरलाई श्रोतमा वर्गीकरण गर्ने तरिकासम्बन्धि भएकाे जनाइएको छ । 

सो कार्यक्रम अन्य वडाका टोलहरुमा पनि सञ्चालन हुने उनले बताए । उपमहानगरपालिकामा फोहोर व्यवस्थापनमा सहज गर्नको लागि सो कार्यक्रम सञ्चालन गरिएको उनले बताएका छन् ।