close

वडा सरकारको आयाेजनामा कमल पोखरीकाे सरसफाई

वडा सरकारको आयाेजनामा कमल पोखरीकाे सरसफाई

Trulli
ADVERTISEMENT

कास्की। पोखरा महानगरपालिका वडा नं १३ को आयोजनामा कमल पोखरी सफाइ गरिएको छ । वडा अध्यक्ष किरण बरालका अनुसार शनिवार कमलपोखरीको सफाइ गरिएको हो । 

सरसफाइ कार्यक्रममा पोखरा महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू, सरसफाइ शाखा, स्थानीय नागरिक समाज र वडा नं १३ बासीहरूको सहभागिता रहेको थियो । 

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व वडा अध्यक्ष बरालले बताए। यसको संरक्षण, विकास र प्रवर्धनका लागि हातेमालो गर्न समेत उनले आग्रह पनि गरे।