close

‘क्लिनग्रीन सिद्धार्थनगर’का लागि डस्टबिन वितरण

‘क्लिनग्रीन सिद्धार्थनगर’का लागि डस्टबिन वितरण

Trulli
ADVERTISEMENT

रुपन्देही। सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इकोफ्रेन्डली सिटी’का रुपमा विकसित गर्नका लागि नगरपालिकाले सरसफाइसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । 

स्थानीय बस्तीलाई सफा र सुन्दर राख्नका लागि नगरपालिका–५ बाट डस्टबिन वितरण कार्यक्रम सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । 

घरघरमा पुगेर सरसफाइसम्बन्धी जनचेतना दिँदै डस्टबिन वितरण गरिएको नगरप्रमुख इस्तायिक अहमद खाँनले जानकारी दिए। उनले भने, ‘क्लिनग्रीन सिद्धार्थनगरको नारा अनुसार यसलाई सबै परिवारसम्म पर्याराउने छौँ ।’

सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउने सपना साकार पार्न नगरपालिकाल प्रयास गरेको हुनाले सबै क्षेत्रबाट सहयोग र सहकार्यको आवश्यकता रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।  सडक–नाला तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाल्न नगरपालिकाले आग्रह गरेको छ । 

सरसफाइ अभियानमा सिद्धार्थनगरका सबै जनप्रतिनिधि सहभागी भएका छन् । सरसफाइ अभियान जनस्तरबाट हुनुपर्ने भन्दै उपप्रमुख उमा अधिकारीले यसको नेतृत्व नगरपालिकाले गर्ने बताइन्।

स्थानीय समाजसेवी ओमकार गौचनले नगरपालिको यो अभियानले आफूमा गर्वको अनुभूति भएको बताए। ‘सुन्दर नगरलाई सफा र हराभरा बनाउने जिम्मेवार पनि नगरपालिका र स्थानीय जनताको हो’, गौचनले भने।