close

टुक्रे वनलाई पर्यापर्यटन सामुदायिक बनाउँदै लेटाङ सरकार

टुक्रे वनलाई पर्यापर्यटन सामुदायिक बनाउँदै लेटाङ सरकार

Trulli
ADVERTISEMENT

मोरङ- लेटाङ नगरपालिकाले टुक्रे राष्ट्रिय वनलाई पर्यापर्यटन सामुदायिक वनको रुपमा विकास गर्ने भएको छ ।  नगरपालिकाको आयोजनामा भएको विभिन्न सरोकारवालाहरुसंग छलफल गरी सो निर्णय गरेको हो । 

 नगर प्रमुख भुपेन्द्र कुमार लाबतीले सो कार्यक्रमा बोल्दै टुक्रे राष्ट्रिय वनलाई पर्यापर्यटन सामुदायिक वनको रुपमा विकास गर्ने अवधारण प्रस्तुत गरेका थिए  । लेटाङ बजार क्षेत्रमा संरक्षणविहीन अवस्थामा रहेको टुक्रेवनको संरक्षणका लागि सो अवधारण प्रस्तुत गरिएको नगर प्रमुखले जानकारी दिए ।

 वन मासिएर केही रुखहरु मात्र बाँकी रहेर झाडीको रुपमा संरक्षणविहीन अवस्थामा रहेको १०० विगाहा भन्दा बढी सो क्षेत्रको केही भुभाग अतिक्रमणमा समेत परेकाले नगरपालिकाले उक्त क्षेत्रलाइ पर्यापर्यटन सामुदायिक वनको रुपमा बिकास गर्न लागेको उनले बताए । नगरपालिकाले बोलाएको छलफलमा सहभागीहरुले समेत नगरपालिकाले प्रस्तुत गरेको अवधारण निकै सान्दर्भिक रहेको भन्दै सोही अनुसार अघि बढ्नु पर्नेमा जोड दिएका छन् । 

नगरपालिकाले सरोकारवालाहरुसँग छलफलका क्रममा उक्त टुक्रे राष्ट्रिय वनलाई पर्यापर्यटन सामुदायिक वनको रुपमा विकास गर्न कानुनी प्रक्रियाहरु अगाडी बढाउने सर्वसम्मत निर्णय गरेको छ। टुक्रे राष्ट्रिय वनलाई पर्यापर्यटन सामुदायिक वनको रुपमा विकास संचालन तथा व्यवस्थापन गर्न १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

नगरपालिकाले टुक्रे वन क्षेत्रमा खेल मैदान, स्विमिङ पुल, कवर्डहल, सम्मेलन केन्द्र, साइक्लिङ लेन, बगैंचा निर्माण गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अवधारण अघि सरेको हो । यस्तै सो क्षेत्रमा हाल रहेका धार्मिक तथा सामाजिक संस्थाहरुलाई पनि सो अवसधारणा भित्रै समेटेर अघि बढ्ने नगरपालिकाको योजना छ । यो योजनालाई नगरपालिकाले नगरको गौरवको योजनाको रुपमा अघि बढाउने तयारी समेत गरेको जनाइएको छ ।