close

निजी जमिनमा पालिकाकाे विरुवा

निजी जमिनमा पालिकाकाे विरुवा

Trulli
ADVERTISEMENT

बाँके– कोहलपुर नगरपालिकाले निजी जग्गामा वृक्षारोपण गर्नका लागि अनुदानमा विरुवा उपलब्ध गराउने भएकाे छ।  नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै निजी जग्गामा वृक्षाराेपण तथा कृषि वन निर्माणका लागि ५० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराउने जनाएकाे हाे । 

'समृद्धिका लागि वन परियोजना' अन्तर्गत नगरपालिकाको चालु आव २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम निजी जग्गामा लैङ्गिक सुविधासहितको वृक्षारोपण/कृषिवन स्थापनाको लागि अनुदान कार्यक्रम रहेको साे सूचनामा उल्लेख गरिएकाे छ । सो कार्यक्रमअन्तर्गत निजी जग्गामा इच्छुकले आफूले चाहेका वनजन्य प्रजातिका कम्तिमा १०० विरुवा वृक्षारोपण गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराउने सूचनामा उल्लेख गरिएकाे छ।

इच्छुक व्यक्ति, कृषि सहकारी, कृषि वन समूह तथा कृषक समूहलाई १५ दिन अर्थात मंसिर २७ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।