close

फोहरमैला व्यवस्थापन गर्न डोको

फोहरमैला व्यवस्थापन गर्न डोको

Trulli
ADVERTISEMENT

डोटी– बोगटान फुड्सिल गाउँपालिका वडा नं- १ अन्तर्गत रहेको व्यापारीलाई डोको वितरण गरेको छ । गाउँपालिका अन्तर्गतका फोहरमैला व्यवस्थापन गर्न युएम एन डटी र ग्रामीण सामुदायिक विकास केन्द्र डोटीको संयुक्त साझेदारीमा व्यापारीलाई डोको वितरण गरेको हो ।

साझेदारीमा सञ्चालित कलाईमेट परियोजना अन्तर्गत बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर १ को समन्वयमा ३० वटा डोको वितरण गरेको वडा अध्यक्ष  खेम घर्तीमगरले पालिकाखबरलाई बताए ।

उनका अनुसार सरकारी संस्था विद्यालय, स्वास्थ्य संस्था र सिम्चौर बजार व्यवस्थापन समितिलाई दोस्रो पटक हस्तान्त्रण गरेको हो । स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालाबाट बनेका डोकाहरुलाई डस्टबीनको रुपमा प्रयोग गर्दा बजार क्षेत्र सरसफाई हुने उनले बताए । यसका साथै प्लाष्टिक मुक्त क्षेत्र निमार्णमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

उनकाअनुसार डष्टविनको प्रयोगले स्थानीयस्तरमा निमार्ण गरिएका कच्चा पदार्थको बजारीकरणमा सहयोग पुग्नुका साथै नागरिकले सहज रुपमा प्रयोग गर्न सक्ने छन् । स्थानीय स्तरमा बाँस निगालाबाट निमार्ण गरिएका डोकोलाई डष्टविनको रुपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याइएको वडाध्यक्ष घर्तीमगरले बताए । साथै आफ्नो कार्यकालभरी योजनालाई प्रभावकारी बनाउने उनले बताए ।