close

छायाँनाथ रारा नगरमा अनियमितताको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर

छायाँनाथ रारा नगरमा अनियमितताको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर

Trulli
ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकामा सिँचाइ कुलो निर्माणमा अनियमितता गरेको भन्दै ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

२३ लाख १० हजार ५९७ रुपैयाँ १७ पैसा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

अख्तियारले मुद्दा दायर गरेकामा बुढासहित कार्यालयका सव-इन्जिनियर राजेन्द्र शाही, तत्कालीन ना.प्रा.स. मणिचन्द्र बिक, जिल्ला समन्वय समिति मुगका तत्कालीन खरिदार विश्वास उपाध्याय छन् ।