close

नगरसभा सञ्चालन खर्च ३० लाख र खाजा खर्चमात्र १४ लाख

नगरसभा सञ्चालन खर्च ३० लाख र खाजा खर्चमात्र १४ लाख

Trulli
ADVERTISEMENT

अत्तरिया । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब ९ करोड २२ लाख २ हजारको बजेट असार २४ गते पारित गरेको थियो । पारित बजेटमा ३३ करोड ७ लाख ६२ हजार मात्र खर्च भयो ।

महालेखाको पछिल्लो प्रतिवेदनले नगरपालिकाको ६ करोड ९ लाख ९२ लाख ७४ हजार बेरुजु थप भएको देखाएको छ । असुल गर्नुपर्ने बेरुजु ६२ लाख ५१ हजार छ । गोदावरी नगरपालिकाको कुल बेरुजु रकम बढेर ३९ करोड ८८ लाख ९६ हजार पुगेको हो । 

२५ लाख ५८ हजार पेस्की बेरुजु देखिएको छ । विभिन्न निर्माण कम्पनीलाई दिएको पेस्की बेरुजु असुल गर्न समेत नगरपालिका असफल देखिएको हो । तत्कालीन नगरप्रमुखले स्वकीय सचिव नियुक्ति गरी मासिक ३० हजार दुई सयका दरले ३ लाख ९२ हजार ६०० रुपैयाँ नियमविपरीत भुक्तानी गरेको समेत खुलेको छ ।

नगरपालिकाले विविध शीर्षकमा मनपरी खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदनमा खाजा, खाना लगायत होटलका बिल पेस गरेर १३ लाख ६३ हजार ६३७ रुपैयाँ र नगरसभा सञ्चालन खर्च भन्दै थप ३० लाख १० हजार ६ सय ८५ रुपैयाँ औचित्य पुष्टि नहुने गरी खर्च गरेको पाइएको छ । 

नगरपालिकाले २ करोड ७६ हजारका सामान सोझै खरिद गरेको समेत पाइएको छ । कार्यालय सामाग्री तथा मसलन्द, मेसिनरी औजार, फर्निचर, सडक मर्मत सुधारको नाममा नगरपालिकाले यति धेरै रकम खर्च गरेको प्रतिवेदनले देखाएको हो ।