मोरङ । केराबारी गाउँपालिकाले बजार अनुगमन गरेको छ ।
गाउँपालिकाको बजार अनुगमन समितले केराबारी बजार क्षेत्रका विभिन्न पसलहरुमा खाद्यान्न समाग्रीहरुको अनुगमन तथा निरिक्षण गरेको गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले जानकारी दिए ।
बुधबार गरिएको अनुगमनको क्रममा फेला परेका म्याद गुज्रेका वस्तु बरामद गरेर नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।
बजारका सबै क्षेत्रमा अनुगमनलाई तीव्र पारिएको समितिले जनाएको छ ।