close

संसदीय समिति दलीय असहमति मिलाउने थलो बन्यो : सभामुख

संसदीय समिति दलीय असहमति मिलाउने थलो बन्यो : सभामुख

Trulli
ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्वपूर्ण थलो ससंदीय समिति बनेको बताएका छन् । 

कानून, न्याय तथा मानव अधिकार समितिले प्रकाशन गरेको ‘संसद्मा कानून, न्याय तथा मानव अधिकार समिति: अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहलाई यस्तो बताएका हुन् । 

संसद्को महत्वपूर्ण काम कानून निर्माणमा समितिको भूमिका प्रभावकारी भएको बताए । 

‘उदीयमान व्यवस्थापिकाको चाहना भनेकै संसद्लाई जीवन्त र जनमुखी बनाउनु हो,’ सभामुख सापकोटाले भने, ‘संसद्लाई जीवन्त बनाउनेतर्फ नै मेरो सम्पूर्ण ध्यान केन्द्रित छ ।’

बजेट अधिवेशनमा २८ वटा विधेयक पारित भएको र गुणात्मक कानून निर्माणमा संसद्ले अझ बढी मेहनत गर्न आवश्यक रहेको स्पष्ट पार्दै उहाँले सङ्घीय संसद्का कतिपय समितिमा दोहोरोपन देखिएको भन्दै यस्ता विषयमा समीक्षा गर्नुपर्ने बताए । 

गृहमन्त्री बालकृष्ण खाणले समितिले संसद्, कानून र मानव अधिकारको विषयलाई समेटेर समितिले अभ्यास र उपलब्धिलाई पुस्तकका रूपमा प्रकाशन गरेर अभिलेखीकरण गर्ने काम महत्वपूर्ण भएको बताए । 

उनले यस्ता अभ्यासले भएका दस्तावेजहरुलाई एकीकृतरूपमा अध्ययन गर्न काम लाग्नेसमेत बताए । 

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले समितिले प्रकाशन गरेको पुस्तकमा समितिका अभ्यास, उपलब्धि र केही विज्ञका लेखहरु प्रकाशन गरेको भए पनि अन्य अतिआवश्यक विषयहरु राख्न सकिने सुझाव दिए । 

समिति सदस्यहरु देवप्रसाद गुरुङ, मीन विश्वकर्मा र शेरबहादुर तामाङले प्रकाशित पुस्तकमा समितिले गरेका महत्वपूर्ण कामहरु समेटिए पनि केही विषयहरु छुटेको बताए ।