close

कर्मचारीसम्बन्धी फैसला भदौ ५ गते हुने

कर्मचारीसम्बन्धी फैसला भदौ ५ गते हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । विगत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन कर्मचारी समायोजनसम्बन्धी विवादको फैसला मिति पुन :सरेको छ । 

बुधबारको संवैधानिक इजलासले कर्मचारी समायोजनसम्बन्धी फैसला फेरि ४ दिन पछाडि सारेको हो । 

कर्मचारी समायोजनसम्बन्धी ९९ वटा मुद्दा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासमा विचाराधीन छ ।

यसअघि यो मुद्दामा १७ साउनमै निर्णय सुनाउने भनेर तोकिएको थियो ।

संघीयता कार्यान्वयनका क्रममा चार वर्षअघि सरकारले निजामती सेवाका कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । तर समायोजनमा अन्याय भएको र प्रक्रिया नमिलेको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरे ।