close

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रक्रियाप्रति एमाले असन्तुष्ट

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रक्रियाप्रति एमाले असन्तुष्ट

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमखु प्रतिपक्षी दल नेकपा एमालेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोगमा प्रक्रियाप्रति असन्तुष्टि जनाएको छ।  

जबराविरुद्धको महाभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा एमालेले असन्तुष्टि जनाएको हो । बैठक सिंहदरबारमा बसेको थियो ।

बैठकमा सहभागी एमाले सांसद कृष्णभक्त पोखरेलले महाभियोग प्रक्रियामा कानुनविपरीत भइरहेको बताए । ‘हामीलाई चोलेन्द्रलाई महाभियोग ठहर गर्नैपर्छ भन्ने छैन। दोषी भए भए कारबाही हुनुपर्छ। निर्दोष मुक्त हुनुपर्छ,’उनले भने । 

अहिलेसम्म कुनै प्रधानन्यायाधीशमाथिको महाभियोग प्रमाणित नभएको समेत उनले बताए ।