close

टुकुचा खोला मिचेर बनाएका संरचना नभत्काउन उच्च अदालतको आदेश

टुकुचा खोला मिचेर बनाएका संरचना नभत्काउन उच्च अदालतको आदेश

Trulli
ADVERTISEMENT

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।

काठमाडौं महानगरले सार्वजनिक जग्गा मिचेर बनाएका अनधिकृत संरचना धमाधम हटाइरहेका बेला आइतबार उच्च अदालत पाटनले यस्तो आदेश जारी गरेको हो । 

यो बीचमा महानगरले टुकुचाको जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालिसकेको छ ।अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

 

सिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापाले रिट दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन सो आदेश जारी गरेको हो ।