काठमाडौं । धनगढी उपमहानरपालिकाका प्रमुख गोपाल हमालले तिहारमा बिक्रीवितरण हुने मिठाइमा अखाद्य वस्तुको सट्टा दुग्धजन्यवस्तु मिसाउन सुझाव दिएका छन् ।
मंगलबार मिठाइ व्यवसायीसँग भएको छलफलका क्रममा उनले व्यवसायीलाई यस्तो सुझाव दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘उपभोक्त हित सरक्षण गर्ने उद्देश्यले धनगढी उप-महानगरपालिका क्षेत्रका डेरी तथा मिठाई व्यवसायीहरू संग बैठक बसी तिहारको बेलामा मिठाईको बजारमा अत्याधिक माग हुने भएकाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने अखाद्य बस्तुमा रोक तथा गुणस्तरीय मिठाई र दुधजन्य उत्पादन बिक्रीवितरण गर्न आग्रह गर्दै धनगढी उप-महानगरपालिका अन्तर्गतको उपभोक्त हित सरक्षण समितिले अनुगमन गर्ने जानकारी गराइयो,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
तिहारमा कलरयुक्त मिठाइको अधिक बिक्री-वितरण हुने गर्छ ।