close

उच्च अदालत विराटनगर, धनकुटा इजलासले गर्यो ६९.३७ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत विराटनगर, धनकुटा इजलासले गर्यो ६९.३७ प्रतिशत मुद्दा फछ्र्यौट

Trulli
ADVERTISEMENT

धनकुटा- आर्थिक वर्ष २०७९/८० मा उच्च अदालत विराटनगर धनकुटा इजलासले २ सय ९९ थान मुद्दा फछ्र्यौट गरेको छ । अदालतले सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर गत असार मसान्तसम्ममा कुल ४ सय ३१ थान मुद्दामध्ये २ सय ९९ थान फछ्र्यौट गरेको जनाएको हो ।

अदालतमा जिम्मेवारी सरेको १ सय २९, देवानी ४६, सरकारवादी फौजदारी १ सय ९६, दुनियावादी फौजदारी १४ र पुरानो रिट ४६ गरि ४ सय ३१ मुद्दा दर्ता भएको अदालतले जनाएको छ । 

अदालतमा असार महिनाको मुद्दा फछर्यौट ६४, जेठ महिनासम्मको फछर्यौट २ सय ३५ रहेको अदालतका रजिष्टार राजकुमार दाहालले जानकारी दिए । यस्तै अदातलमा एक वर्षभित्रको वाँकी १ सय २८ र १ वर्ष नाघेको ४ थान गरि १ सय ३२ मुद्दा बाँकी रहेको उहाँले जानकारी दिए । अदालतले आर्थिक वर्ष २०७८/७९ मा ६५ प्रतिशत भन्दा माथि मुद्दा फछ्र्यौट गरेको जनाएको छ ।

यस्तै उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले गत आर्थिक वर्षमा ६५ प्रतिशत भन्दा माथि मुद्दा फछ्र्यौट गरेको उच्च अदालत विराटनगर इजलासकी न्यायधिस अञ्जु उप्रेती ढकालले जानकारी दिए । उनका अनुसार धनकुटा जिल्ला अदालतले ६८ दशमलव ८५, तेह्रथुम जिल्ला अदालतले ७२ दशमलव ६५, भोजपुर जिल्ला अदालतले ६३ दशमलव ७९ दशमलव ६१ र संखुवासभा जिल्ला अदालतले ७९ दशमलव ६१ प्रतिशत मुद्दा फछ्र्यौट गरेका छन् । 

धनकुटा जिल्ला अदालतले छ सय ३९ मा ४ सय ४०, तेह्रथुम जिल्ला अदालतले ३ सय ६२ मा २ सय ६३, भोजपुर जिल्ला अदालतले ५ सय ९९ मा ३ सय ७८ र संखुवासभा जिल्ला अदालतले ६ सय ७७ मा ५ सय ३९ थान मुद्दा फछ्र्यौट गरेका छन् ।