close

इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी दीक्षित

इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी दीक्षित

Trulli
ADVERTISEMENT

सुनसरी- इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन् । आज इटहरी रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरु दीक्षित भएका हुन् । 

उनीहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मीलगायतले दीक्षित गरेका हुन्।

३५ दिन सम्म चलेको तालिममा रामतपेश्वर यादब लगायतका टोलिले प्रशिक्षण गरेका थिए । दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाज समेत प्रदर्शन गरेका छन् । 

उनीहरूलाई दीक्षित गर्दै उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप सशक्त बनाएको बताए । जनशक्तिका हिसाबले नगर प्रहरीको संख्या बढ्नुका साथै समग्र इटहरी उपमहानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने उनको विश्वास छ ।