close

८२ प्रतिशत स्थानीय पालिकासँग सन्तुष्ट

८२ प्रतिशत स्थानीय पालिकासँग सन्तुष्ट

Trulli
ADVERTISEMENT

पाल्पा– रिब्दीकोट गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले चालु आर्थिक वर्ष २०८०/८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेका थिए । स्थानीयले पालिकाले चालु आवमा गरेका कामका विषयमा गुनासो, जिज्ञाशा तथा सुझाव राखेका थिए ।

कार्यक्रममा १६ जना प्रश्नकर्ताले स्थानीय सरकारले गरेका काम कारबाहीका विषयमा प्रश्न गरेको गाउँपालिकाका अध्यक्ष कार्कीले बताए । 
जसमध्ये शिक्षासम्बन्धी प्रश्न ३ जनाले प्रश्न गरेका थियो । लेखा सम्बन्धि सेवा प्रवाहका प्रश्न २ जनाले तथा उपभोक्ता समिति सम्बन्धि ४ जनाले प्रश्न तथा गुनासो राखेका थिए ।

यस्तै बाँकी प्रश्नकर्ताले भैरव मन्दिर, जलेश्वर मन्दिरजस्ता समसामयिक विषय तथा कृषि सम्बन्धी गुनासो राखेको उनले पालिकाखबरलाई बताए । अध्यक्ष कार्कीले भने, ‘उपभोक्ता समितिहरुले काम गर्दा इस्टिमेट, भेरिएसन र मुल्याङ्कन आउँदा तोकिएको रकम प्राप्त नभएको गुनासो गर्नुभयो ।’ 

गाउँपालिकाको सेवाप्रति स्थानीयहरु सन्तुष्ट पाइएको उनले बताए । उनले भने, ‘कार्यक्रम सहजकर्ताले एक्जिट पोल गर्दा जनताको सन्तुष्टि ८२ प्रतिशत भएको पाइएको छ ।’ 

गाउँपालिका प्रति जनताका अपेक्षा धेरै रहेको बताउँदै सोचेजति काम भने गर्न नसकेको उनले स्विकारे । उनले भने, ‘पालिकाभित्र कृषिसम्बन्धी काम धेरै गर्नु पर्छ भन्ने सुझाव दिनुभएको छ । ठूला, मझौला र साना किसानहरु सबैलाई मिल्ने कार्यक्रम बनाउन स्थानीयको सुझाव मिलेको छ ।’ 

गाउँपालिकाको आयोजना तथा पिपुल्स क्रियशन प्रालि, तानसेनको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा गायक जीवन शर्माले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए ।