close

हुप्सेकोटको सार्वजनिक सुनुवाईमा प्रश्नकाे ओइरो, अध्यक्ष पाण्डेले भनिन्- सबै अपेक्षा पुरा गर्छाैं

हुप्सेकोटको सार्वजनिक सुनुवाईमा प्रश्नकाे ओइरो, अध्यक्ष पाण्डेले भनिन्- सबै अपेक्षा पुरा गर्छाैं

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व– हुप्सेकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा एक सयभन्दा बढी प्रश्नकर्ताहरुले प्रश्न राखेका छन् । गाउँपालिकाले सोमबार कार्यपालिकाको भवनको प्राङ्गणमा गरेको विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा सयभन्दा बढीले प्रश्न राखेका हुन् । 

सार्वजनिक सुनुवाई कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताइन् । उनले भनिन्, ‘उहाँहरुले प्रश्न सोध्नुभयो । सुझाव पनि दिनुभएको छ ।’

कार्यक्रममा स्थानीयले दिगो विकास हुनेगरि काम गर्न, विकास निर्माण गर्दा महशुस हुने किसिमका विकास योजनाहरु बनाउन, सबै वडामा समान विकास गर्न, पूर्वाधार विकासमा मात्र प्राथमिकता भएको भन्दै मानव विकासमा पनि प्राथमिकता जनाउन सुझाव दिएको उनले बताइन् । 

विकास निर्माणको काममा ढिला सुस्ती किन भयो भन्ने किसिमका प्रश्न आएको उनले सुनाइन् । उनले भनिन्, ‘उहाँहरुको आशा धेरै छ । उहाँहरुको गुनासा पनि स्वभाविक नै छन् ।’ कार्यक्रममार्फत आएका सुझावले पालिकाले आगामी दिनमा काम गर्न प्रेरणा मिलेको उनको भनाइ छ । 

स्थानीयले दिएको सुझाव पालिकाको लागि मननीय रहेको उनले पालिकाखबरसँग बताइन् । सो सुझावअनुसार आगामी वर्षमा पालिकाको विकास कार्यका लागि योजना बनाउने उनको भनाइ छ ।                          

‘प्रश्नावलीलाई कम्पाइल गरेर, फाइलिङ गरेर त्यसमा रहेर काम गछौं,’ जनताको सुझावलाई अबलम्बन गर्दै पालिकाको काम र जनताको अपेक्षा बिचको खाडललाई पुरा गर्ने उनले बताइन् ।