close

कार्यसम्पादन मूल्यांकनमा चिचिला जिल्लाकै उत्कृष्ट

कार्यसम्पादन मूल्यांकनमा चिचिला जिल्लाकै उत्कृष्ट

Trulli
ADVERTISEMENT

संखुवासभा-  आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा चिचिला गाउँपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको छ ।  संखुवासभाको १० वटा स्थानीय तहमध्ये गाउँपालिका उत्कृष्ट भएको हो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आयोगले कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार गाउँपालिकाले ४३ दशमलव दुई अंक प्राप्त गरेको छ ।  यसैगरी खाँदवारी गाउँपालिका ३८ दशमलव ३९ अंकसहित दोस्रो र सिलिचोङ गाउँपालिका ३३ दशमलव ५९ अंकसहित जिल्लाकै तेस्रो स्थानीय तह बनेको छ । 

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १७ सूचकलाई मध्यनजर कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

यसमा असार १० भित्र बजेट पेश गरेरनगरेको, असार मसान्त भित्र बजेट पारित गरेरनगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेरनगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सूत्र०को प्रयोग गरेरनगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ ।