close

काठमाडौं महानगरले किन होटल तथा पार्टी प्यालेसमा निगरानी बढायो ?

काठमाडौं महानगरले किन होटल तथा पार्टी प्यालेसमा निगरानी बढायो ?

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौं महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरुमा निगरानी बढाएको छ । काठमाडौं महानगरमा सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको हो । 

काठमाडौँ महानगरपालिकाले २०८० साउन १ गतेबाट नक्कली फूल तथा सवावटका प्लाष्टिजन्य बस्तुमाथि प्रतिबन्ध लगाएको थियो । यससँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन विक्री गर्न पनि प्रतिबन्ध लगाइसकेको छ ।‘सहरको व्यवस्थापन, स्वच्छता र 
‘प्लस्टिकजन्य बस्तु नकुहिने भएको हुँदा समस्या हुन्छ । स्थानीय स्थानीय फूलको प्रयोगमा प्रोत्साहन गर्नको लागि निगरानी बढाइएको 
नगर प्रहरी उपरीक्षक विष्णु जोशीले बताए । 

प्लाष्टिकजन्य बस्तुका कारण सिर्जित फोहोर घटाउन तथा वातावरणमा हुने ह्रास जोगाउन प्लाष्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, विक्री र प्रयोगमा रोक लगाइएको हो ।