close

साम्सी गाउँपालिकाका पूर्वअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

साम्सी गाउँपालिकाका पूर्वअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

Trulli
ADVERTISEMENT

महोत्तरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको वडा नम्बर ६ मा बनाइएको सडक ढलान योजना, पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन गराएर अनियमितता गरेको अख्तियारले जनाएको छ । 

फारुक २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । यद्यपि, पछि उनी नेकपा माओवादी केन्द्रको कारबाहीमा निर्वाचन आयोगबाट पदमुक्त भएका थिए । सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पुनर्वहाली भएका थिए ।