close

कोरोना रोकथाममा काठमाडौं महानगरको ८ करोड खर्च

कोरोना रोकथाममा काठमाडौं महानगरको ८ करोड खर्च

Trulli
ADVERTISEMENT



 


काठमाडौं - कोरेना नियन्त्रण तथा रोकथामका लागि काठमाडौं महानगरपालिकाले  ८ करोड ७४ लाख ३९ हजार खर्च गरेको छ ।


खाना तथा राहत वितरण, एम्बुलेन्स सेवा भुक्तानी, डिसइन्फेक्सन औषधी छर्कने, जनप्रतिनिधि तथा कर्मचारीको कोरोना बिमामा सो रकम खर्चिएको काठमाडौं महानगरले जनाएको छ ।  


महानगरको ६ चैतमा बसेको कार्यपालिका बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोड बजेट विनियोेजन गरेको थियो । उक्त बजेटबाट हालसम्म  ८ करोड ७४ लाख ३९ हजार खर्च भएको काठमाडौं महानगरका सूचना अधिकारी नवराज ढकालले जानकारी दिए ।  


महानगरका अनुसार विभिन्न संघसंस्थालाई केन्द्रबाट राहत सामान वितरण २४ लाख ५६ हजार, महानगर क्षेत्रभित्र औषधी छर्कन १९ लाख २४ हजार ७ सय, एम्बुलेन्स सेवा भुक्तानी ८ लाख ३७ हजार ५ सय, प्रसारणमा २२ लाख २ हजार ७ सय खर्च भएको छ ।


त्यसैगरी कोभिड रोकथाम तथा नियन्त्रण सामग्री खरिद (केन्द्रीय स्तर) १ करोड २४ लाख ९ सय, वडा स्तर ५९ लाख ८७ हजार ६ सय, धुनिबेंसी, ककनी, तारकेश्वर नगरपालिकालाई राहत वितरण  अनुदानमा ३३ लाख खर्च भएको छ ।


यस्तै, महानगरका कर्मचारी तथा जनप्रतिनिधिका निम्ति कोरोना बिमाका लागि लाख ८९ हजार २ सय रुपैयाँ खर्च भएको  छ ।