close

जयपृथ्वी नगरपालिका स्वास्थ्य सेवामा उत्कृष्ट

जयपृथ्वी नगरपालिका स्वास्थ्य सेवामा उत्कृष्ट

Trulli
ADVERTISEMENT

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका जिल्लाका १२ वटै स्थानीय तहमध्ये स्वास्थ्य सेवामा उत्कृष्ट भएको छ ।


शनिबार भएको प्रदेश स्वास्थ्य निर्देशनालयको वार्षिक समीक्षामा नगरपालिकालाई उत्कृष्ट स्थानीय तहको रूपमा सम्मानित गरिएको हो । 


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक जिल्लाका एक/एक स्थानीय तहलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थानीय तहको रूपमा पुरस्कृत गरेको हो ।

 

मुख्यमन्त्री त्रिलोचन भट्टले जयपृथ्वी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र खड्कालाई ४० हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका छन् । 


उत्कृष्ट हुनेमा बझाङको जयपृथ्वी नगरपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको रामारोशन, बाजुराको गौमूल, कैलालीको टीकापुर नगरपालिका, कञ्चनपुरको वेदकोट, डडेल्धुराको नवदुर्गा गाउँपालिका, बैतडीको पाटन र दार्चुलाको नौगाड गाउँपालिका रहेका छन् ।