close

२३ जनामा कोरोना देखिएपछि नारायण नगरका ११ वटै वडा सिल

२३ जनामा कोरोना देखिएपछि नारायण नगरका ११ वटै वडा सिल

Trulli
ADVERTISEMENT

दैलेख– दैलेख सदरमुकाम भित्रै एकै दिन २३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएपछि नगरले नारायण नगरपालिका र नगरभित्रका ११ वटै वडाका कामहरु एक साता बन्द गर्ने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत डाक्टरलाई पनि कोरोना संक्रमण देखिएको छ । नगरपालिका भित्रै बसोवास गर्ने, व्यापारी, बैकका कर्मचारी र नारायण नगरपालिकाका कर्मचारीहरुमा संक्रमण देखिएको हो ।

संक्रमितहरुको संख्या एकाएक बढेपनि सुरक्षा सर्तकता भने सून्य छ ।  सदरमुकाम दैलेख बजारमा हजारौंको संख्यामा ओहोरदोहोर हुने गरेको छ । न सामाजिक दुरी कायम छ, न त मास्कनै प्रयोग गरिएको छ । यस्तो लापरवाहीले अवस्था झनै जटिल बन्दै जाने संकेत गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरन्जन पन्तले बताए ।


नारायण नगरपालिका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नारायण नगरपालिकाले आज देखि एक हप्ताका लागि नगरपालिका शिल गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झनै समस्या हुने भन्दै नगरका सबै काम बन्द गरिएको छ भने स्थानीय बासिन्दाहरुलाई सुरक्षा सर्तकता अपनाउन सुझाव दिइएको छ ।


दैलेखमा हालसम्म १ हजार १ सय ७९ जनाा कोरोना संक्रमण देखिएका मध्ये ७० जना विभिन्न आइसोलेसन र होम आइस।ोलेसनमा छन् । बाँकी सन्चो भएर घर फर्किसकेका छन् । हालसम्म दैलेखमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।