close

बिरुवा गाउँपालिकाको आफ्नै एम्बुलेन्स

बिरुवा गाउँपालिकाको आफ्नै एम्बुलेन्स

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको बिरुवा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर गाउँबासीलाई सेवा दिन सुरु गरेको छ । नेपाल सरकारद्वारा राजस्व छुट प्राप्त एम्बुलेन्स खरिदमा गाउँपालिकाको १० लाख १ हजार ३ सय ४८ रुपैयाँ लागत रहेको पालिकामा अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए ।

 

‘एम्बुलेन्स सञ्चालनसँगै बिरुवाबासीलाई जटिल स्वास्थ्य समस्यामा स्याङ्जा बजार, पोखरा, बुटवल तथा काठमाडाँै पुग्न सहज हुनेछ’, अध्यक्ष शर्माले भने ।
 


एम्बुलेन्स सेवा सुरु भएपछि विशेषगरी गर्भवती महिलालाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समय अस्पताल पु¥याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए ।

 

बिरुवा गाउँपालिकाले यस आर्थिक वर्षमा एमबीबीएस डाक्टरसहितको कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडा–६ चिन्नेनासमा स्थापना गरिएको यो अस्पतालले एमबीबीएस डाक्टरका साथै २ स्टाफ नर्सबाट सेवा दिँदै आएको छ ।

 

स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन यसै वर्षबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका २ वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएका छन् ।