close

तिलोत्तमाको कोरोना नियन्त्रण अभियानबाट प्रभावित भइन् आनी छोइङ 

तिलोत्तमाको कोरोना नियन्त्रण अभियानबाट प्रभावित भइन् आनी छोइङ 

Trulli
ADVERTISEMENT

रूपन्देही- गायिका तथा सामाजिक अभियन्ता आनी छोइङ डोल्मा फाउन्डेसन काठमाडौं र प्रारम्भ समाजिक संस्था ललितपुरले तिलोत्तमा नगरपालिकाका लागि स्वास्थ्य उपकरण हस्तान्तरणका गरेको छ ।

 

तिलोत्तमा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि अवलम्बन गरेको रणनीतिले सकारात्मक सन्देश दिएको भन्दै फाउन्डेसन र सामाजिक संस्थाले तिलोत्तमा नगरपालिकालाई छनोट गरेको हो ।

 

फाउन्डेसन र प्रारम्भ सामाजिक संस्थाले एउटा भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेर तिलोत्तमा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।


सो अवसरमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उपलव्ध भएका स्वास्थ्य सामग्रीलाई नगरपालिकाले निर्माण गरेको कोरोना अस्थायी अस्पतालमा व्यवस्थापन गरिने बताए । उपलब्ध स्वास्थ्य उपकरणले कोभिड १९ बाट संक्रमित बिरामीलाई थप उपचारमा सघाउ पुग्ने उनको भनाइ छ ।

 

स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै फाउन्डेसनका संस्थापक आनी छोइङ डोल्माले तिलोत्तमा नगरपालिकाले कोभिड निन्त्रणका लागि खेलेको भूमिकाको चर्चा सुनेरै थप सहयोगका लागि यहाँ आएको जानकारी दिइन् ।


स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, फाउन्डेसनका प्रोजेक्ट डाइरेक्टर तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रनीाथ तिमल्सेना, प्रारम्भ सामाजिक संस्थाका सदस्य सुनैना थापालगायतले नगरपालिकाको प्रयास अनुकरणयोग्य रहेको बताए ।