close

प्रसव व्यथाले छटपटिँदा पेटभित्रै बच्चाको मृत्यु : आमालाई भने सुर्खेत लगेर बचाइयो 

प्रसव व्यथाले छटपटिँदा पेटभित्रै बच्चाको मृत्यु : आमालाई भने सुर्खेत लगेर बचाइयो 

Trulli
ADVERTISEMENT

हुम्ला– हुम्लाको सीमकोट गाउँपालिका वडा नम्बर ६ मा एक सातासम्म प्रसव पीडाले छटपटिएकी महिलाको समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु भएको छ । पेटभित्रै बच्चाको मृत्यु भए पनि आइतबार आमाको भने उद्दार गरीएको छ । 

 

वडा नम्बर ६ की २७ वर्षीया जगतमाया रोकायालाई १ असारमा प्रसव व्यथा लागे पनि प्रतिकूल मौसमका कारण उद्दार गर्न सकिएको थिएन । २ दिनअघि बच्चाको पेटभित्रै मृत्यु भएपछि आमाको आइतबार उद्दार भएको हो ।

 

हुम्लामा लगातारको वर्षाले हवाई उडान हुन नसके पनि उद्दारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो । मौसमको खराबीले उडान हुन नसक्दा थप समस्या निम्तिएको थियो । 

 

बच्चाको पेटभित्रै मृत्यु हुँदा आमाको ज्यान जाने खतरा देखिएपछि आइतबार मौसममा सामान्य सुधार आउनासाथ उद्दार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए । अस्पतालको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमसँग समन्वय गरेर हेलिकोप्टर व्यवस्था भएपछि महिलाको उद्दार गरिएको हो ।

 

पेटमै बच्चाको मृत्यु भए पनि स्वास्थ्यकर्मीले आमाको ज्यानमा थप जोखिम बढेको बताएपछि उद्दार गरिएको प्रजिअ आचार्यको भनाइ छ ।

 

अस्पतालको प्रसूतिगृहमा उपचार गर्दा रगत जम्ने, गर्भवतीको पाठेघरमा पानीको मात्रा नहुँदा मृत्युको समेत सम्भावना हुने हुँदा जिल्लामा अप्रेसन गर्न नसकिने भएपछि बाहिर रिफर गरिएको थियो । सुत्केरी व्यथा लागेकी गर्भवतीको छैटौँ दिनपछि उद्दार गरिएको हो ।