close

मुगु अस्पतालमा २ महिनादेखि अलपत्र बन्यो ३८ लाखको अक्सिजन प्लान्ट

मुगु अस्पतालमा २ महिनादेखि अलपत्र बन्यो ३८ लाखको अक्सिजन प्लान्ट

Trulli
ADVERTISEMENT

मुगु- जिल्ला अस्पताल मुगुका लागि आएको अक्सिजन प्लान्ट  २ महिनादेखि अस्पतालको  एउटा कुनामा थन्किएर बसेको छ । गत २४ बैशाखमै अस्पतालमा आइपुगेको उक्त मेशिन हालसम्म प्रयोग बिहीन बन्दा अस्पतालको कुनामा थन्किएको हो । कोरोना महामारीलाई लक्षित गर्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका ८ जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट व्यवस्थापन गरेको थियो । 
 
मेसिन खरिद प्रक्रियामा गडबडी गरी कमसल अक्सिजन सिस्टम जेनेरेटर नामको सामान खरिद गरिएको भन्दै बिभिन्न संचार मध्याममा समाचार प्रकाशित भएपछि कर्णाली प्रदेशको लेखा समिति  र अख्तियारले छानविन गरिरहेका छन् ।  


छानबीन प्रकृया कहाँ पुग्यो भन्ने विषयमा जानकारी नगराइँदा प्लानट संचालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय मुगुकी प्रमुख करुणा भट्टराइले जानकारी दिइन् । लेखा समितिले अक्सिजन सामान जडान सम्बन्धि थप  जानकारी नगराएसम्म जडान कार्यको कुनैपनि प्रकृया अगाडि बढाउन नसकिने उनको भनाइ छ । 


प्लान्ट जडान गर्न पाइपलाइनको सामान पनि नभएको र उक्त पाइपलाइन खरिदका लागि जेठमा २ पटकसम्म सूचना प्रकाशन गर्दा समेत सामान खरिदको लागि कुनै कम्पनीको निवेदन नपरेको उनले बताइन् । पाइपलाइन खरिदको लागि छुटाइएको १५ लाख रकम समेत आर्थिक वर्ष सकिनै लागको कारण फ्रिज हुने सम्भावना वढेर गएको छ । 


यसरी दुर्गमका जनताको स्वास्थ्यका लागि बिनियोजन भएको लाखौँ रकम बजेट  र उपकरणहरु बर्षैनी अलपत्र हुने गरेको जानकारहरु बताउँछन् । जिल्लामा लाखौँको सामान थन्किएको छ भने अस्पतालमा रहेका खाली अक्सिजन सिलिन्डरहरु भर्न नेपालगंज लगायतका सहरमा पठाउनु पर्ने अवस्था छ । 


अक्सीजन प्लान्ट मुगु अस्पताल आइपुगेलगत्तै २८ बैशाखमा बिभूति मेडीटेक इन्टरनेशनल सप्लायर्सलाई ३८ लाख ८० हजार रुपैयाँ भुत्तानी गरिएकोको जिल्ला स्वास्थ्य सेवा कर्यालय मुगुका तत्कालीन लेखा अधिकृत शुरेश कुमार केसीको भनाइ छ । सामानको भुक्तानी दिदाको समयमा कार्यालय प्रमुखमा ज्ञानसिंह बुढा र लेखापालमा शुरेस कुमार केशी थिए । हाल कार्यालय प्रमुख र लेखापाल दुवै नयाँ छन् ।


उक्त मेसीनको मूल्य २० लाख ४३ हजार मुल्य परेको भन्सार प्रज्ञा पत्रमा बिरगंज भन्सारले प्रमाणीत गरेको कागज आफुसँग भएको बिभूति मेडीटेड इन्टरनेशनल सप्लायर्सका संचालक बिकास सापकोटाले बताए । सामान मुगु पुग्दा सम्म ३३ लाख ५० हजार खर्च पुगेको उनको भनाइ छ । काठमाडौं देखि मुगु ६ पटकको आउजाउ भाडा र अन्य खर्च प्राविधिक खर्च समेत जोड्दा ३९ लाख ७९ हजार खर्च पुगेको सापकोटाले बताए ।