close

कर्णालीमा ५९१ एचआईभी संक्रमित, पाँच जिल्लामा शून्य

कर्णालीमा ५९१ एचआईभी संक्रमित, पाँच जिल्लामा शून्य

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेशमा करिब ६ सय एचआईभी संक्रमित रहेको सरकारी तथ्यांक छ । कर्णालीका पाँच जिल्लामा ५ सय ९१ जना एचआईभी संक्रमित नियमित उपचारमा रहेको तथ्यांकमा उल्लेख छ ।


कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा २९५ जना एचआईभी संक्रमित छन् । त्यस्तै, दैलेखमा १९२, रुकुम पश्चिममा ४८, कालीकोटमा ३७ र सल्यानमा १९ जना एचआईभी संक्रमित छन् । कर्णालीका बाँकी पाँच जिल्लामा संक्रमितको संख्या शून्य छ । 


एचआईभी संक्रमित नखुल्ने भएकाले संख्या अझै धेरै हुन सक्ने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देनालयका क्षय तथा कुष्ठरोग अधिकृत पदम केसीले बताए । अहिले पनि संक्रमित समाजमा अपहेलित हुने डरले खुल्न नसक्दा यकिन तथ्यांक आउन नसकेको उनले उल्लेख गरे ।


एचआईभी सामान्य हो भन्ने चेतना अभावका कारण उनीहरू समाजमा नखुल्ने गरेको उनको भनाइ छ । यस्तै, कोरोना महामारीमा एचआईभी संक्रमितलाई कर्णालीका सबै जिल्लामा औषधी पु¥याउन कठिन भएको नवकिरण प्लसका संयोजक देवेन्द्र पाठकले बताए । 


उनले महामारीको समय सबै पालिकामा पुग्न समस्या भएकाले सरकारले सबै क्षेत्रमा ओषधी तथा आवश्यक सामग्री उपलब्ध गराइदिन माग गरे । संयोजक पाठकले कर्णालीमा एचआईभी परीक्षण गर्ने प्रयोगशाला प्रभावकारी नहुँदा परीक्षणका लागि स्याम्पल बाहिर पठाउनुर्ने बाध्यता रहेको जानकारी दिए ।