close

मनाङले लगायो सबै नागरिकलाई कोरोना खोप 

मनाङले लगायो सबै नागरिकलाई कोरोना खोप 

Trulli
ADVERTISEMENT

काठमाडौं- हिमाली जिल्ला मनाङ १८ वर्षभन्दामाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ ।


मनाङका ४ हजार १९८ जना नागरिकले कोरोना खोप लगाएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । यीमध्ये ४ हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।


कोभिसिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यको भनाइ छ ।

 

मनाङमा कोभिसिल्डको पूर्ण खोप लगाउने नागरिक २ हजार ९६, जोनसन एन्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक २ हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।


स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको प्रक्षेपण गरेको थियो । अन्य नागरिक विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउनेको संख्या ४ हजार १९८ मात्र भएका हुन् ।


जिल्ला बाहिर रहेका नागरिक आए उनीहरूलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालयले बताएको छ । मनाङमा गत १४ माघदेखि खोप लगाउने अभियान सुरु भएको थियो ।