close

१८ वर्षमाथिका सबैलाई खोप लगाउने दोस्रो जिल्ला बन्यो मुस्ताङ

१८ वर्षमाथिका सबैलाई खोप लगाउने दोस्रो जिल्ला बन्यो मुस्ताङ

Trulli
ADVERTISEMENT

काठमाडौं– विकट हिमालपारिको जिल्ला मुस्ताङले १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाएको छ । यसअघि मनाङले आप्mना नागरिकलाई शतप्रतिशत खोप लगाइएको घोषणा गरेको थियो ।


स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाभित्रका १८ वर्ष पूरा गरेका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

हालसम्म ९ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइसकेको उनले बताए । ‘जिल्लाभित्रका लक्षित वर्ग हेर्दा स्थानीय नागरिक सबैलाई खोप लगाइसकिएको छ । कहीँ–कतै न्यून मात्रामा छुटेका हुन सक्लान् । नलगाएका भए सम्पर्कमा आए भने तिनलाई पनि छिट्टै लगाउँछौँ ।’ खोप केही मात्रा मौज्दात रहेकाले छुटेकाले पनि पाउने भण्डारीको भनाइ छ ।


जिल्ला खोप अनुगमन तथा समन्वय समितिको निर्देशनअनुसार खोप लगाइएकाले सफलता हात परेको उनले सुनाए । मुस्ताङमा भेरोसेल खोप पहिलो डोज लगाएका २४२ जनाले दोस्रो डोज लगाउन बाँकी भए पनि लक्षित वर्ग सबै खोपको दायरामा आइसकेको स्वास्थ्य कार्यालयले बताएको छ ।


मुस्ताङमा हालसम्म ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएकामा अहिले २० जना सक्रिय संक्रमित छन् । एक जना छोसेर कोभिड अस्पतालमा उपचाररत छन् भने अन्य सबै सक्रिय संक्रमित होम आइसोलेसनमा छन् ।


मुस्ताङमा कोरोनाका कारण हालसम्म१५ जनाको मृत्यु भएको छ । हालसम्म मुस्ताङमा पिसिआर विधिबाट २२३ जनाको परीक्षण गर्दा ११२ जनामा र एन्टिजेन विधिबाट २ हजार ७ सय १७ जनाको परीक्षण गर्दा ४०६ जनामा कोरोना ९ पोजिटिभ पाइएको हो ।