close

अब नेपालमै कोरोनाको खोप उत्पादन !

अब नेपालमै कोरोनाको खोप उत्पादन !

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन गर्न चाहने स्वदेशी, विदेशी कम्पनीलाई अनुमति दिने निर्णय गरेको छ । 


मंगलबारको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको हो ।


विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिने गरिएकाले त्यसको सिको गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको हो ।


बंगलादेशले रसियाली खोप उत्पादक कम्पनीलाई आफ्नै देशमा उत्पादनको अनुमति दिएको छ भने भारतले पनि सेरम कम्पनीमार्फत अस्ट्राजेनिकाको कोभिसिल्ड खोप उत्पादन गर्दै आएको छ ।


नेपालले पनि खोप उत्पादन गर्न चाहने विदेशी कम्पनीलाई स्वीकृति दिनेछ । कोरोनाको खोप नेपालमा उत्पादन भए सरकारलाई विदेशबाट ठूलो परिमाणमा खरिद गर्नुपर्ने खोपको रकम बच्नेछ भने नागरिकले सहजै खोप लगाउन पाउने स्थिति आउनेछ ।