close

जुम्लामा बढ्दो भीडभाडले कोरोना निम्त्याउने त्रास 

जुम्लामा बढ्दो भीडभाडले कोरोना निम्त्याउने त्रास 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ बाइराका गाउँका ५८ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको कोभिड वार्डमा शुक्रबार निधन भएको छ ।

 

संक्रमणग्रस्त उनको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनीसहित जुम्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । संक्रमणबाट मृत्यु हुनेमा बढीजसो जेष्ठ नागरिक छन् । 

 

संक्रमणका कारण बाहिर जिल्लाका जुम्ला अस्पतालमा उपचारका क्रममा ५ जनाको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

 

पछिल्लो समय कोरोना महामारीलाई बेवास्ता गर्दै भीडभाड बढ्दै गएको छ । विद्यालय सञ्चालनदेखि राजनीतिक दलका भेला सम्मेलन, खेलकुद सञ्चालन, बजार क्षेत्रमा भीडभाड हुने गरेको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएर भीडभाड बढ्दै गएपछि कोरोना संक्रमणको पनि जोखिम बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । 


सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं भन्छन्, ‘जुम्लाको कोरोना संक्रमण दर ओरालो लागेको अवस्था थियो । तर, पछिल्लो समय भीडभाड बढ्दै गएपछि जोखिम बढेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने भन्दै आए पनि बेवास्ता गर्दा संक्रमण जोखिम बढेको छ ।’ 


जुम्लामा संक्रमति हुनेको संख्या १ हजार ८ सय ५ पुगेको छ । संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ७ सय १८ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांक उल्लेख छ । अहिले संक्रिय संक्रमितको संख्या ७४ रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कोभिड अस्पतालमा ९ र ६५ जना होम आइसोलेसनमा छन् ।