close

तीन जिल्लामा लगाइयो पूर्ण मात्राको खोप

तीन जिल्लामा लगाइयो पूर्ण मात्राको खोप

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरका ७७ जिल्लामध्ये ३ जिल्लामा पूर्ण मात्राको कोभिड–१९ विरुद्धको खोप लगाइएको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयले मनाङ, मुस्ताङ र रुकुममा कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाइएको बताएको हो ।


त्यस्तै, बागमती र गण्डकी प्रदेशमा बढी मात्रामा कोरोनाविरुद्धको खोप प्रयोग भएको छ । बढी जोखिम र बढी जनघनत्व रहेको बागमती र गण्डकी प्रदेशमा बढी मात्रामा खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा ३६.३ प्रतिशतले पहिलो मात्रा र २३.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । प्रदेश २ मा ३१.७ प्रतिशतले पहिलो मात्रा र २४.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।


बागमती प्रदेशमा ६६.५ प्रतिशतले पहिलो मात्रा र ५७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी गण्डकी प्रदेशमा ५३.१ प्रतिशतले पहिलो मात्रा र ३९.६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । 

 

लुम्बिनी प्रदेशमा ३७.७ प्रतिशतले पहिलो मात्रा र ३१.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । कर्णाली प्रदेशमा ३१ प्रतिशतले पहिलो मात्रा र २२ प्रतिशतले पूर्णमा खोप लगाएका छन् भने सुदूरपश्चिम प्रदेशमा ३८.९ प्रतिशतले पहिलो मात्रा र २७.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ । लक्षित जनसंख्यामध्ये ४३.४ प्रतिशतले पहिलो मात्रा र ४३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

 

नेपालमा १ करोड ९९ लाख ७९ हजार ३३० डोज खोप प्राप्त भएको छ । यसमध्ये १ करोड ५४ लाख १९ हजार ४०५ डोज खोप प्रयोग भइसकेको छ । ८६ लाख ४९ हजार २५१ जनाले पहिलो मात्रा खोप प्राप्त गरेका छन् भने ६७ लाख ७० लाख १५४ जनाले जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । 


नेपाललाई प्राप्त भएको खोपमध्ये सरकारले १ करोड ३० लाख २० हजार खोप खरिद गरेको छ भने ६९ हजार ५९ लाख ३३० डोज खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखेकाले सोहीअनुसार काम भइरहेको छ ।