close

शिक्षक अस्पताल निर्माण गर्न सरकारले बनायो समिति

शिक्षक अस्पताल निर्माण गर्न सरकारले बनायो समिति

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले निजामती कर्मचारीका लागि अस्पताल बनाएजस्तै शिक्षकका निम्ति पनि छुट्टै अस्पताल बनाउने भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्न समिति गठन गरेका छन् ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्थापनका लागि विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी दिए ।


समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई दुई महिनाभित्र जग्गा खोज्न समय दिइएको छ । समितिले देशका विभिन्न क्षेत्र पुगेर जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउनेछ । काठमाडौं, चितवनलगायत ठाउँमा जग्गा खोज्ने तयारी सरकारको छ ।


शिक्षक अस्पताल बनेपछि देशभरका करिब ३ लाख शिक्षक लाभान्वित हुने मन्त्रालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेट व्यवस्था गरेका थिए ।