close

निजी अस्पताललाई कोरोनाविरुद्धको खोप सञ्चालन गर्न सरकारको आग्रह 

निजी अस्पताललाई कोरोनाविरुद्धको खोप सञ्चालन गर्न सरकारको आग्रह 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले निजी अस्पताललाई पनि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेज र ५० भन्दा बढी बेड भएका निजी अस्पतालले कोरोना खोप केन्द्र सञ्चालन गर्न सक्ने बताएको छ ।


खोप केन्द्र सञ्चालन गर्न चाहने अस्पतालले सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षभन्दा माथिका नेपाली नागरिकलाई खोप उपलब्धका आधारमा बिहान ९ देखि बेलुका ५ बजेसम्म खोप कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको हो ।