close

४७८ जना नयाँ सङ्क्रमित थप, एकको मृत्यु

४७८ जना नयाँ सङ्क्रमित थप, एकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं- पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २०९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै, तीन हजार ५५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।९ प्रतिशत रहेको जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा २७१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यसैगरी, देशभर हालसम्म पाँच हजार ४३१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख २० हजार ६५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।