close

२४ घन्टामा २४४४ कोरोना संक्रमित

२४ घन्टामा २४४४ कोरोना संक्रमित

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपालमा  एकै दिन २४४४ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १२८६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएका छन्।

 

२४ घन्टामा कोरोना संक्रमणबाट  एक जनाले ज्यान गुमाएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा १५३३ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ९ हजार ५२२ जना कोरोनाका संक्रिय संक्रमित छन्।  यस्तै ३१३ जना संक्रमणबाट मुक्त भएका छन्।