close

अब सार्वजनिक स्थलमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य 

अब सार्वजनिक स्थलमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले ७ माघदेखि सार्वजनिक स्थलमा हिँडडुल गर्दा कोरोनाविरुद्ध खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू गर्ने भएको छ ।

 

सिसीएमसीले यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको थियो । गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले ७ माघदेखि खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।

 

१६ देखि २० माघसम्म कोरोनाविरुद्ध खोप लगाउन विद्यालय खोल्न दिने तयारी छ । जहाजमा यात्रा गर्नेहरूले पनि खोप कार्ड देखाउनुपर्नेछ । अनलाइनमार्फत जहाजको टिकट काट्दा खोप कार्ड अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

 

बैठकले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयले जनाएको छ ।

 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालमा पनि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।