close

तीन किसिमका रोग लागेकालाई मासिक ५ हजार औषधोपचार खर्च

तीन किसिमका रोग लागेकालाई मासिक ५ हजार औषधोपचार खर्च

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले मिर्गौलाको डायलाइसिस गराइरहेका, क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक ५ हजार उपलब्ध गाराउने भएको छ ।

 

अर्थमन्त्री जर्नादन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मिर्गौलाको डायलाइसिस गरिरहेका, सबै किसिमका क्यान्सर रोग निदान भएकालाई र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि खर्च बापत मासिक ५ हजार उपलब्ध गराउने बताएका हुन् । 


त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।